शुक्रबार, बैशाख ०७, २०८१

केसीको समर्थनमा सामुहिक सत्याग्रह, सरकार वार्ताको तयारीमा

काठमाडौ । डाक्टर गोविन्द केसीको समर्थनमा आजदेखि काठमाडौमा सामुहिक सत्याग्रह सुरु हुने भएको छ ।

काठमाडौको वसन्तपुर डबलीमा सामूहिक सत्याग्रह हुने भएको हो । सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले गर्न लागेको सत्याग्रह बिहान १० देखि साँझ ५ बजेसम्म जारी रहने आयोजकले बताएको छ ।

सरकारले भने मन्त्री तहमा नै वार्ता गर्ने तयारी गरेको छ । तर पहिला माग पूरा हुने ग्यारेन्टीपछि मात्रै वार्ता गर्नेजस्तो सर्त राखेका कारण अप्ठ्यारो भएको शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले बताए ।

मन्त्री पोखरेलका अनुसार हिजो पनि अनौपचारिक छलफल भएको छ र आज पनि छलफल गर्ने तयारी छ ।