आइतबार, बैशाख २०, २०८३

नेपाली राष्ट्रिय टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित

काठमाडौ । ईङल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित हात पारेको छ ।
ईङ्ल्याण्डकै पुरानो ह्यााम्पसायर होग्स क्रिकेट क्लबलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराउँदै नेपालले ईङल्याण्ड भ्रमणको सुखद सुरुवात गरेको हो । ३ सय ६३ लक्ष्यको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको होग्स ३७ दशमलब १ ओभरमा १ सय १९ रनमा समेटियो ।
ललितनारायण राजबंशीले आफ्नो स्पेलमा ४ मेडन राख्दै ३४ रन खर्चेर ५ विकेट चट्काएपछि होग्सको इनिङ्स संकटमा परेको हो । सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले २–२ तथा करण केसीले एक विकेट लिएका थिए ।
दोस्रो अभ्यासमा नेपालले भोली स्थानीय सेन्ट क्रससँग ट्वान्टी २० म्याच खेल्नेछ । नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लब एमसीसीसंगको त्रिकोणात्मक टि २० सिरिज खेल्न नेपाली टोली लण्डन पुगेको हो । त्यसअघि नेपाली टोलीले स्थानीय टोलीसँग २ वान डे र दुई टि २० म्याच खेल्नेछ । अगष्ट १ र ३ मा नेपालले घरेलु टोलीसँग २ म्याचको वान डे सिरिज खेल्नेछ ।