अझै २८ प्रतिशत धान रोपाई हुन बाँकी

काठमाडौ । देशभरिमा अझै २८ प्रतिशत रोपाई हुन बाँकी रहेको छ ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार आजसम्ममा देशभरिमा ७२ प्रतिशत मात्रै रोपाई सकिएको छ । अझै पनि तराई क्षेत्रमा २९ प्रतिशत खेतमा रोपाई हुनै बाँकी रहेको छ भने मध्य पहाडी क्षेत्रका २७ प्रतिशत खेतमा रोपाई हुन बाँकी नै रहेको छ ।
नेपालको उच्च पहाडी क्षेत्रमा पनि अझै २६ प्रतिशत खेतमा रोपाई हुन बाँकी रहेको छ । अहिलेसम्म सप्तरीमा सबैभन्दा कम ३० प्रतिशत मात्रै धान रोपाई भएको छ । डोल्पा र जुम्लामा सत प्रतिशत रोपाई सकिएको छ भने कैलालीका ९९ प्रतिशत खेतमा रोपाई सकिएको छ । न
ेपालमा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: