शुक्रबार, बैशाख ०७, २०८१

डाक्टर केसीको माग सुनुवाइका लागि माइतिघरमा आज विशाल प्रदर्शन गरिँदै

काठमाडौ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डाक्टर गोविन्द केसी आमणरण अनशन बसेको २२ दिन पुरा भएको छ ।
अनसनरत डाक्टर केसीको माग पुरा गर्न आज काठमाडौँका माइतीघरमा विशाल प्रदर्शन गरिदैछ । माइतिघरमा आज मध्यान्ह १२ बजे प्राध्यापक, विश्लेषक, पूर्व प्रधानन्यायाधिश, पूर्व उपकुलपति, नेता, लेखक, कलाकार, पेशाकर्मीदेखि सर्वसाधरण जम्मा हुने भएका छन् ।
डाक्टर केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी नेता कृष्ण पहाडी उपस्थित हुने भएका छन्।
त्यस्तै खगेन्द्र संग्रौला, डा देवेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभ लगायतका व्यक्तित्व तथा सर्वसाधारणहरू सहभागी भई ऐक्यबद्धता जनाउने कार्यक्रम रहेको छ ।
जुम्लामा अनसन सुरु गरेका डाक्टर केसीलाई गत बिहीबार सरकारले काठमाडौं ल्याएको थियो । त्रिवि शिक्षण अस्पतालमा आइसेकपछि लगातार अनसनरत डा केसीले औषधी समेत लिन नमानेकाले स्वास्थ्य अवस्थामा थप जटिलता बन्दै गएको डाक्टर केसीको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।