आइतबार, बैशाख २०, २०८३

गर्मी बढ्दा तराईबासीको दैनिकी कष्टकर बन्दै

काठमाडौ। केहि दिनदेखि पानी नपरेपछि तराईका जिल्लामा गर्मी बढेको छ ।
केहि दिनदेखि दिनभर चर्को घाम लाग्दा तराई क्षेत्रमा अत्याधिक गर्मी हुन थालेको हो । तापक्रम उच्च हुँदा मानिसलाई घर बाहिर निस्कन मुस्किल पर्न थालेको छ ।
गर्मीबाट स–साना बालबच्चा, वृद्धवृद्धा र अशक्त अझ बढी पीडित बनेका छन् । बजार क्षेत्रमा मानिसको चहल पहल समेत घटेको छ ।
यस्तो मौसममा टाउको दुख्ने, रिंगटा लाग्ने, वान्ता हुने, बेहोस हुने जस्ता समस्या देखिने भएकाले पानी धेरै पिउन र काम विशेषले बाहेक घाम चर्किएको बेला घर बाहिर ननिस्कन चिकित्सकले सुझाब दिएका छन् ।
पानी पर्न छाडेपछि कतिपय ठाउँमा धान रोपाई समेत प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती हुँदै आएको तराईका कतिपय भेगमा पानी पर्न छाडेपछि रोपाई पनि प्रभावित भएको हो ।