आइतबार, बैशाख २०, २०८३

कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड तयार गर्न निर्देशन

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्री वर्षमान पुनले मन्त्रालय मातहतका सबै प्रमुख तथा पदाधिकारीलाई बोलाएर मन्त्रालयका सचिव र मातहतका विभागका प्रमुखलाई सरुवाको मापदण्ड बनाउन र मनलाग्दी तवरले कुनै पनि निकायका कर्मचारीको सरुवा नगर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सरुवामा मापदण्ड बनाएर लागू गर्न, योग्य व्यक्तिलाई उचित जिम्मेवारी दिन तथा सही व्यक्ति सही पदको नीति लागू गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।