काठमाडौ । प्राध्यापक डाक्टर गोविन्द केसीको अनसन काठमाडौमा पनि जारी रहेको छ ।
हिजो जुम्लाबाट काठमाडौ ल्याएपछि केसीले शिक्षण अस्पताल महाराजगञ्जमा अनसन जारी राखेका छन् । आज सरकारी वार्ता टोलीले केसी पक्षसँग वार्ता गर्ने तयारी गरेको छ ।
माथेमा आयोगको प्रतिवेदन जस्ताको त्यस्तै पारित गर्न नहुने निष्कर्षमा पुगेको सरकारले आफ्नो तर्फबाट पूरा गर्न सकिने मागको सूची केसीपक्षलाई जानकारी गराउने तयारी गरेको छ । वार्ताको समय भने तय भइनसकेको शिक्षा मन्त्रालयले जनाएको छ ।
केसीको समर्थनमा देशभरका विभिन्न स्वास्थ्य संस्थामा बहिरंग विभाग बन्द भएका छन् । चिकित्सकहरुको आन्दोलनका कारण बिरामी भने मर्कामा परेका छन् ।

