टर्की । टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषणा गरेको छ ।
राष्ट्रपति रिसेप तैयप अर्दोआन राष्ट्रपतिमा पुनःनिर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो । यद्यपि सरकारले तीनदेखि सात महिनाको समीक्षापछि फेरी संकटकालीन अवस्था लगाउने या नलगाउने भन्ने बारेमा निर्णय लिइने पनि जनाएको छ ।
संकटकालीन अवस्थाको दौरान एक लाखभन्दा बढी व्यक्तिलाई जागिरबाट बर्खास्त गरिएको थियो ।अहिले पनि झण्डै पचास हजार मानिस थुनामा रहेको अन्तर्राष्ट्रिय संस्थाहरुले बताएका छन् ।
थुनामा रहेका व्यक्तिहरुलाई अमेरिकामा निर्वासित इस्लामिक नेता फते उल्लाहा गुलेनको समर्थक रहेको आरोप लगाइएको छ, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

