आइतबार, बैशाख २०, २०८३

नारायणगढ—मुग्लिन सडक खण्ड फेरि रोकियो

चितवन । नारायणगढ—मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
सडकखण्ड अन्तर्गतको टोपे खोलामा पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको हो ।इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडकनिर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ ।

बाटो अवरुद्ध हुँदा काठमाडौ आउँदै गरेका र काठमाडौबाट जाँदै गरेका सयौं यात्रु अलपत्र परेका छन् ।