आइतबार, बैशाख २०, २०८३

सरकार विरुद्धकांग्रेसले संसद अवरुद्ध गर्दै

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सबै संसद अवरुद्ध गर्ने भएको छ ।
चिकित्सा शिक्षाविधेयक अघिल्लो अध्यादेश अनुसार नै ल्याउन माग गर्दै केन्द्र र प्रदेश संसद अवरुद्ध गर्ने तयारी भएको कांग्रेसले जनाएको छ ।
आज व्यवस्थापिका संसदको बैठक पनि बोलाइएको छ ।कांग्रेसले केसीको जीवनरक्षामा सरकार संवेदनशीलन भएको र माथेमा आयोगको भावना र मर्म विपरीतको विधेयक ल्याएको भन्दै संघीय संसदसँगै सातै प्रदेशमा विरोध जनाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेसले आजदेखि प्रदेशमा विरोधसभा गर्ने पनि जनाएको छ ।