बिहिबार, बैशाख १३, २०८१

केसीको समर्थनमा अस्पतालका सेवा बन्द, बिरामी मर्कामा

काठमाडौ । डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुले आज अस्पताल बन्द गराएका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द भएका हुन् । आज सरकारी र नीजि शिक्षण अस्पतालसहित नर्सिङ होम, क्लिनिकलगायतका सम्पूूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरी दिउँसो १२ बजे काठमाडौको माइतिघर मण्डलामा भेला गरिने संघले बताएको छ ।
सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने कानुन बनाए पनिब न्द हड्ताल रोकिएको छैन । असार १६ गतेदेखि जुम्लामा अनसनरत केसीको जीवन रक्षाका निम्ति आन्दोलन गर्नु परेको चिकित्सकहरुको दावी छ । चिकित्सक संघभित्रै आन्दोलनको विरोध पनि भइरहेको छ ।
यसैबीच, जुम्लामा अनसन बसिरहेका डा. गोविन्द केसीलाई सरकारले आज काठमाडौँ ल्याउने भएको छ । केसीको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै आजै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय भएको बताइएको छ ।