शुक्रबार, चैत १६, २०८०

अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला पक्राउ

न्युयोर्क । अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना पक्राउ परेकी छन् ।
रुसी सरकारको एजेन्टकारुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलार्ई दोषी मानिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डमा भएको वार्ताको केही समयपछि नै मारिया पक्राउ परेकी हुन् ।
अमेरिकी सन्चार माध्यमहरुकाअनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत गरिरहेकी थिइन् । मारिया पक्राउ परेको विषय अमेरिकामा सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको अनुसन्धानसँग संलग्न नरहेको बताइएको छ ।