आइतबार, बैशाख २०, २०८३

आज साउने संक्रान्ति मनाइँदै

काठमाडौ। आज साउन १ गते, आज कर्कट संक्रान्ति अर्थात् साउने संक्रान्ति पर्वको रुपमा मनाइँदैछ ।
सुर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ ।
आज बेलुका बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने विश्वास पनि गरिन्छ । साउने संक्रान्तिपछि नेपालमा चाडपर्व शुरु हुने गर्छ ।