ओखलढुंगा । उदयपुरको कटारीबाट ओखलढुंगा आउँदै गरेको मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
खाद्य समाग्री बोकेर ओखलढुंगातर्फ आउँदै गरेको ना ४ ख ८०७९ नम्बरको मिनि ट्रक कटारी नगरपालिका १४ भदौरेमा ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रकका चालक कटारी नगरपालिका ८ बस्ने मोहनबहादुर तामाङको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट घुर्मीका प्रमुख कुमार फूयाँलले जानकारी दिए।
उनका अनुसार सडकबाट ट्रक १ सय ५० मिटर तल खस्दा चालक तामाङको घटनास्थलमै ज्यान गएको हो । सहचालक सिन्धुलीको दुधौली नगरपालिका ७ का पूर्णबहादुर सुनुवार घाईते भएका छन् । उनलाई उपचारका लागि काठमाडौ पठाइएको ट्राफिक प्रहरी पोष्ट घुर्मीले जनाएको छ ।

