आइतबार, बैशाख २०, २०८३

डाक्टर केसी पक्ष र सरकारबीच आज पनि वार्ता हुने

काठमाडौ । आन्दोलनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आजपनि वार्ता हुने भएको छ ।
हिजो साँझ भएको वार्तामा कुरा नमिलेपछि आज फेरि वार्ता हुन लागेको हो । सरकारले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न हिजो वार्ता टोली गठन गरेको हो ।
मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक–एक जना सहसचिव रहेका छ । वार्ता टोलीले हिजो नै वार्ता थालिसकेको छ ।
केसीको माग पूरा गर्न भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभाको हिजोको बैठक अवरुद्ध गरेको थियो ।चिकित्सक संघले माग पूरा गराउन ४८ घण्टाको अल्टिमेटम दिएको छ ।