शुक्रबार, बैशाख १४, २०८१

जिल्ला कार्यालय आजदेखि खारेज हुँदै

काठमाडौ । संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आजदेखि खारेज हुँदैछन् ।
संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो ।
आजदेखि जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला बालकल्याण समिति, शान्ति समिति, जिल्ला सहकारी कार्यालय, भू–संरक्षण कार्यालय, महिला तथा बालबालिका कार्यालय जिल्ला वन कार्यालय, जिल्ला अस्पताल नरहेन भएका छन् ।
जिल्ला सिंचाइ कार्यालय, जिल्ला खानेपानी कार्यालय, शहरी विकास डिभिजन कार्यालय, जिल्ला खेलकुद विकास समितिपनि अब नरहेन भएका छन् । खारेज भएका कार्यालयले दिने सुविधाका लागि स्थानीय तहले काम गर्ने बताइएको छ ।