ठमाडौ । चिकित्सा शिक्षा विधेयक जटिल बन्दै गएको छ ।
विधेयको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीचको विवाद थप चुलिदै गएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जबर्जस्ती रूपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको आरोप लगाएको छ ।
आज सरकारले केसीका समर्थक र नेपाली कांग्रेससँग वार्ता गर्ने तयारी गरेको छ । अनौपचारीक रुपमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले छलफल गरिरहेका छन् ।

