कालिकोट । कालिकोट जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा सुत्केरी व्यथाका कारण ६ जना आमाको मृत्यु भएको तथ्याङ्ग जिल्ला अस्पतालले सार्वजनिक गरेको छ ।
विकट बस्ती, यातायातको असुविधा र सुविधा सम्पन्न अस्पताल नभएकाले पनि कालिकोटमा आमा–बच्चाको जीवन सुरक्षा गर्न नसकिएको जिल्ला अस्पताल कालिकोटले जनाएको हो ।
पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुत्केरीले स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनु पर्ने जस्ता सूचक पूरा गरेर पूर्ण होमडेलिभरी घोषणाको अभियान स्वास्थ्यकर्मीले थाले पनि कालिकोटमा आमाको मृत्युदर बढ्दै गएको छ ।

