काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने जनाएको छ ।
आगामी तीन दिनसम्म देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद बरुण पौडेलले जानकारी दिए ।
यसैबीच, देशमा आगामी ३ दिन ठुलो बाढीको संभावना नदेखिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ । तर आज, भोलि र पर्सीसम्मै विशेष गरी पहाडी क्षेत्रमा वर्षा हुने पूर्वानुमान रहेको र नदीहरूमा बहाब उच्च हुने भएकाले नदी तटिय क्षेत्रमा सामान्य सतर्कता भने अपनाउनुपर्ने शाखाले जनाएको छ ।
