काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसदको दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको छ ।
राजपा संसदीय दलको हिजो सिंहदरबारमा बसेको बैठकले संसदमा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने निर्णय गरेको हो । बैठकले संसदमा उठेका विषयमा गुण र दोषका आधारमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए।
उनका अनुसार नवनिर्वाचित दलका नेता महन्थ ठाकुरले वर्तमान समसामयिक परिस्थिति बारे बैठकमा धारणा राख्दै राजपाले जनताको अपेक्षाअनुरुप काम गर्नुपर्ने भएकाले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

