आइतबार, बैशाख २०, २०८३

औषधिको मूल्य निर्धारण कार्यविधि ल्याउने सरकारको तयारी

काठमाडौ । सरकारले औषधिको मूल्यमा सर्वसाधारण ठगिएपछि मूल्य निर्धारण कार्यविधि ल्याउने तयारी गरेको छ ।
एउटै औषधिको मूल्य फरक फरक ठाउँमा फरक फरक भेटिएपछि सरकारले औषधिको मूल्य निर्धारण कार्यविधि ल्याउन लागेको हो । आउन लागेको मूल्य निर्धारण कार्यविधि अनुसार उपभोक्ताले ठगीमा परेको थाहा पाएपछि सम्बन्धित निकायमा उजुरी गर्न सक्नेछन् ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले सरकारी औषधि उत्पादन उद्योग र निजी उद्योगहरुले मूल्य निर्धारण मापदण्डमा रही मूल्य निर्धाण गर्नुपर्ने बताए ।