काठमाडो । प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध आजदेखि सर्वसाधरणले उजुरी गर्न पाउने भएका छन् ।
संसदीय सुनुवाई समितिको हिजोकोे बैठकले आजदेखि सर्वसाधरण समेतसँग उजुरी आह्वान गरेको हो । दश दिनको समय सीमाभित्र सरोकारवाला तथा सर्वसाधरणले जोशीविरुद्ध उजुरी दिन सक्नेछन् ।
समितिका सदस्य योगेश भट्टराईले प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान गरिएको बताए । शुक्रबारदेखि सुरु हुने गरी दशदिनसम्म उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गरेको १० दिनपछि सनुवाई सुरु हुने भट्टराईले जानकारी दिए ।
उजुरी समिति सचिवालयमा दर्ता गर्न वा इमेलबाट दिन पनि मिल्नेछ । समितिले उजुरी अध्ययन गरेपछि उजुरीकर्तासँग पनि छलफल गर्नेछ ।
उजुरीकर्तासँगको छलफलपछि समितिले पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ । संवैधानिक परिषदले जेठ २९ गते प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस गरेको थियो ।
