काठमाडौ । सरकारले सम्पूर्ण विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि कुनै पनि कसर बाँकी नराखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले विपद्को तत्काल सम्बोधन गर्ने गरी सम्पूर्ण रूपले तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
विपद् जोखिम न्यूनीकरण महाशाखाका सहसचिव केदार न्यौपानेले आजदेखि मन्त्रालयले सम्भावित जोखिमका ठाउँमा विशेष सर्तकता अपनाएको जानकारी दिए ।
मन्त्रालयले मौसम पूर्वानुमानसम्बन्धी आवश्यक जानकारी र पूर्व चेतावनीयुक्त सन्देश दिइ सर्वसाधारणलाई सतर्क र सचेत बनाउने कार्यक्रम पनि गर्ने तयारी गरेको छ । राहत सामग्री वितरणमा भने एकद्वार प्रणाली अपनाउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

