आइतबार, बैशाख २०, २०८३

विदामासमेत नबस्न चिकित्सकहरुलाई सरकारको निर्देशन

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी, पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ ।
मन्त्रालयले मातहतका सबै निकायलाई परिपत्र गरी अहिले बाढी, पहिरो, सरुवातथा संक्रामक रोगको समय भएकाले देशभरिका सबै स्वास्थ्यकर्मीलाई विदामा नबसी काम गर्न निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले अहिले बिरामीको चाप बढ्ने भएकाले विदा समेत बस्न नसकिने बताए । चिकित्सकहरुले गर्ने आन्दोलनलाई पनि फिर्ता लिन उनले मन्त्रालयकातर्फबाट आग्रह गरेका छन् ।