न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले ब्रेक्जिट युरोपेली युनियनबाट ब्रिटेनको बहिर्गमन सम्बन्धी प्रधानमन्त्री टरिजा मेको योजना अघि बढे संयुक्त अधिराज्यले संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौताहरु गर्न नसकिने बताएका छन्।
प्रधानमन्त्री टरिजाको योजना कार्यान्वयन भए सम्झौता गर्ने अवस्था अन्त्य हुने र अमेरिकाले युरोपेली संघसँग सम्बन्ध कायम गर्ने उनले टिप्पणी गरेको अन्तर्राष्ट्रिय संञ्चार माध्यमहरुले जनाएका छन् ।
राष्ट्रपतिको रूपमा पहिलो पटक ब्रिटेन पुगेका ट्रम्पसँग प्रधानमन्त्री मेले अमेरिका ब्रिटेन स्वतन्त्र व्यापार सम्झौताका लागि छलफल हुन सक्ने बताएकी छन् ।

