काठमाडौ । पाल्पामा बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् ।
दुईवटा बस आपसमा दुर्घटना भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।तानसेन ८ भालेबास नजिकैको घुम्तीमा बिहान७ बजेतिर पाल्पाबाट नेपालगन्जकालागि छुटेको लु १ ख ८१२७नम्बरको बस र भैरहवाबाट बाग्लुङकालागि छुटेको लु १ ख ७२७२ नम्बरको बस भालेबासको घुम्ती नजिकआपसमा ठोक्किएको प्रहरी जनाएको छ ।
घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
