शुक्रबार, चैत १६, २०८०

अवैध बाटो हुँदै, सिन्धुपाल्चोकका एउटै वडाका २ सय ४७ महिला इराकमा

सिन्धुपाल्चोक । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने भनिरहेका बेला सिन्धुपाल्चोकका एउटै वडाका २ सय भन्दा धेरै महिला रोजगारीका लागि अवैध बाटो हुँदै इराक पुगेका छन् ।
भोटेकोशी गाउँपालिका–५ साविकको मार्मिङ गाविसमा गरिएको एक सर्वेक्षणले रोजगारीका लागि विदेशिएका ४ सय ४४मध्ये २ सय ४७जना रोजगार अनुमति नलिई इराक पुगेको देखाएको छ ।
इराक पुग्नेमा साविकको मार्मिङको वडा नम्बर ४ का मात्रै ५२ जना महिला छन् । महिलाको क्षेत्रमा काम गर्दै आइरहेको माइती नेपालले केहीदिन अघि गरेको घरधुरी सर्वेक्षणमा एउटै घरबाट श्रीमान, श्रीमती समेत वैदेशिक रोजगारीका लागि इराक पुगेका छन् ।इराक गएका प्राय सबै अवैधानिक बाटो हुँदै त्यहाँ पुगेका छन् ।
इराक गएकामध्ये केहिले नागरिकतामा उमेर बढाएर गएको सर्वेक्षणमा देखिएको माइती नेपालकी जिल्ला संयोजक पवित्रा घिमिरेले जानकारी दिइन् ।