शनिबार, बैशाख ०८, २०८१

चिकित्सक आन्दोलनमा, सरकार केसीको उपचार खोज्दै

काठमाडौ । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि अर्को टोली जुम्ला पठाउने तयारी गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलकाअनुसार डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्न पनि सरकार तयार छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि राष्ट्रियसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पोखरेलले डा. केसीको स्वास्थ्य राम्रो नरहेको बताए ।
डाक्टर गोविन्द केसीले उठाएका माग पूरा नभएको भन्दै चिकित्सकहरुले आन्दोलन सुरु गरेका छन् । चिकित्सकले आजदेखि उपचार सेवा एक घण्टा रोक्ने भएका छन् ।
चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले माग पूरा नभएसम्म अस्पतालमा दैनिक एक घण्टा बिरामी जाच्न रोकेर आन्दोलन गर्न लागेको जानकारी दिए ।