९ लाखभन्दा बढीले स्वास्थ्य बिमा गराए

काठमाडौ । सरकारले स्वास्थ्य बिमाको अवधारण ल्याएसँगै ९ लाखभन्दा बढीले स्वास्थ्य बिमा गराएका छन् ।
स्वास्थ्य बिमा कार्यक्रम अहिलेसम्म ४२ जिल्लामा लागु भइसक्दा ९ लाख २९ हजार ३२ जनाले स्वास्थ्य विमा गरिसकेका हुन् ।
यो वर्ष बाँकी ३५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम पुराउने सरकारले योजना बनाएको राष्ट्रिय बिमा बोर्डका कार्यकारी निर्देशक मदन उपाध्यायले हिमालपारी डट कमलाई बताए ।
हालसम्म १ लाख २३ हजार ४ सय २२ जनाको बिमा रकम सरकारले बेहोरेको छ । स्वास्थ्य बिमा गराएपछि सजिलो भएको सेवाग्राहीले बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया