बेल्जियमलाई हराउँदै फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा

मस्को । फ्रान्स १२ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
गए राति भएको सेमिफाइनलमा बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले फाइनलमा स्थान पक्का गरेको हो । १९९८ को च्याम्पियन फ्रान्सले पछिल्लो पटक २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो ।
फ्रान्सले सन् १९९८ मा ब्राजिललाई पराजित गर्दै पहिलोपटक विश्वकपको उपाधि जितेको थियो। २० वर्षपछि फ्रान्सले महत्वपूर्ण खेलमा जित निकालेर दोस्रो पटक विश्वकपको उपाधि जित्ने अभियाननजिकपुगेको छ। फ्रान्सले उपाधिकालागिक्रोएसिया र इंग्ल्यान्डबीच हुने खेलको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।
खेलको फ्रान्सलाई जिताउन खेलको ५१ मिनेटमा कर्नर बलमा डिफेन्डर स्यामुयल उम्टिटीले हेडमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनु भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: