आइतबार, बैशाख २०, २०८३

प्रधानमन्त्रीले बजेट कार्यान्वयनका विषयमा मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्का सदस्यसँग बजेट कार्यान्वयनका विषयमा छलफल गर्दै छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा बजेटका बारेमा आज छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने जानकारी दिए ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट साउन १ गतेदेखि पूर्ण रुपमा लागु हुने र त्यसका लागि मन्त्रालयको तयारी बारे छलफल हुने सल्लाहकार आर्यालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले जेठ २५ गते मन्त्री तथा सचिवसँग छलफल गरि नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको योजना पेस गर्न निर्देशन दिएका थिए। उनले असार १५ गते भित्र ठोस योजना लिएर आउन निर्देशन दिएका थिए ।