आइतबार, बैशाख २०, २०८३

टर्कीका राष्ट्रपति अर्दोगानद्धारा ज्वाँईलाई मन्त्री पदमा नियुक्त

टर्की । टर्कीमा रिसेप तैयप अर्दोगानले राष्ट्रपतिको शपथ लिएलगत्तै आफ्ना ज्वाँई वेरात अल्बायराकलाई वित्तमन्त्री नियुक्त गरेका छन्।
अल्बायराकले यसअघिउर्जा मन्त्रालय सम्हालेका थिए । राष्ट्रपति अर्दोगानले सैन्य प्रमुख हुलुसी अकरलाई रक्षामन्त्री नियुक्त गरेका छन् ।
गत महिना राष्ट्रपतिमा पुननिर्वाचित भएपछि अर्दोगानले नयाँ शक्तिसहित मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । अर्दोगानको आगमनसँगै विपक्षीहरुले भने शक्तिशाली कार्यकारीको नयाँ भूमिकाबाट मुलुकको प्रजातन्त्र ध्वस्त हुने आशंका व्यक्त गरेका छन् ।