काठमाडौ । सार्वजनिक यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले साउनअगाडि नै प्रारम्भिक प्रतिवेदन पेश गर्ने भएको छ ।
जेठ १८ गते मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका सह–सचिव केशवकुमार शर्माको संयोजकत्वमा मन्त्री रघुवीर महासेठले कार्यदल गठन गरेका थिए ।
कार्यदलले प्रदेशगत रुपमा यात्रु र सवारीको संख्या अध्ययन गरी आवश्यक पर्ने सवारीको संख्यासहितको प्रतिवेदन दिन समय लाग्ने भएकाले असार मसान्तसम्म प्रारम्भिक प्रतिवेदन दिने तयारी गरेको संयोजक शर्माले बताए।

