आइतबार, बैशाख २०, २०८३

देशभरका सबै विद्यालयभवनको प्राविधिक परीक्षण हुने

काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्प प्रभावित जिल्लाबाहेक अन्य जिल्लाका विद्यालय भवनकोे अवस्थामा पनि अध्ययन एवं प्राविधिक परीक्षण गर्ने भएको छ ।
सो एकाइले भूकम्प प्रभावित ३१ जिल्लाका सबै विद्यालय भवनको प्राविधिक परीक्षण एवं भूकम्पले क्षति पुराएका विद्यालयको भवन निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग गरिरहेको छ ।
विद्यालय व्यवस्थापन समिति, गैरसरकारी संस्था, निजी भवन निर्माण व्यवसायी, अन्तर्राष्ट्रिय दातृ निकाय गरी तीन ढाँचामा इकाइले ३१ जिल्लाका ६ हजार १ सय ८५ विद्यालय भवन पुनर्निर्माण गरिरहेको छ ।