मस्को । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत आजबाट क्वाटर फाइनलका खेलहरु सुरु हुँदैछ ।
आज हुने पहिलो क्वाटर फाइनल खेलमा उरुग्वे र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति ७ः४५ सुरु हुनेछ ।
यस्तै आजै हुने अर्को खेलमा ब्राजिल र बेल्जियम राति ११ः४५ मा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी भोलि दोस्रो क्वाटर फाइनल खेलमा स्वीडेन र इंगल्याण्ड राति७ ः५४५ मा तथा आयोजक रुस र क्रोएसियाबीच राति ११ः ४५ मा प्रतिस्पर्धा हुनेछ । २१ औं विश्वकप फुटबल उपाधिका लागि भने आइतबार अन्तिम खेल राति ८ः ४५ मा हुनेछ ।

