आइतबार, बैशाख २०, २०८३

अमेरिकाको वातावरण संरक्षण निकायका प्रमुखले दिए पदबाट राजीनामा

न्युयोर्क । एकपछि अर्को काम विवादमा तानिएसँगै संयुक्त राज्य अमेरिकाको वातावरण संरक्षण निकायका प्रमुख कट प्रुइटले पदबाट राजीनामा दिएका छन् ।
प्रुइटलाई राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको हरित विरासत उल्ट्याउन भन्दै नियुक्त गरेका थिए ।
उनी खर्च गर्ने आचरण, स्वार्थ बाँझिएको विषयमा अनुसन्धानको दायरामा तानिका थिए । एक जना तेल उद्योगका प्रबन्धकसँग जोडिएको अपार्टमेन्ट सस्तो भाडामा लिएको, आफ्नो व्यवहारमाथि प्रश्न उठाउने कैयौँ तल्ला दर्जाका कामदारलाई पनि दण्ड दिने गरेको आरोप लागेको छ ।
सन् २०१७ को फेब्रुअरी महिनामा उनी ईपीए नामक उक्त निकायको प्रमुखमा नियुक्त भएका थिए ।