शुक्रबार, बैशाख ०७, २०८१

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, रातो बत्ती बालियो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाब बढेको छ ।
पानीको बहाब यस वर्षकै सबैभन्दा बढी एक लाख ५५ हजार ५ सय ४५ क्यूसेक पुगेको छ । आज केही घटे पनि नियमितभन्दा उच्च नै रहेको छ ।
ब्यारेजका ५२ मध्ये ३२ वटा ढोका खोलिएका छन् ।हिजो बिहानबाट कोशीको पानीको बहाव लगातार बढिरहेको छ ।
पानीको बहाब एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सूचक रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए।