काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा जारी गरिएको प्रेस विज्ञिप्तमा स्वास्थ्य उपचार जस्तो आधारभूत मानवअधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील भई तत्काल डा.केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी डा. केसीको जीवन रक्षा गर्न माग गरिएको छ ।डा.केसी यही असार १६ गतेदेखि जुम्लामा अनसनरत छन् ।
यसैबीच उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जुम्लामा अनसनरत डा.गोविन्द केसीको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।
डाक्टर केसीको उपचारका लागि स्वास्थ्यमन्त्री यादवको निर्देशनमा काठमाडौंबाट डा.जीवन थापा र डा.सुभाष सुवेदीको टोली जुम्ला पुगेको छ । तर डा. केसीले सरकारी चिकित्सकको टोलीलाई अस्वीकार गरेका छन् ।

