काठमाडौ । राष्ट्रिय जनतापार्टी (राजपा) नेपालको राजनीतिक समितिको बैठक आज पनि जारी छ ।
हिजोबाट सुरु भएका बैठकले महत्वपूर्ण निर्णय गर्ने पार्टीले जनाएको छ । राजधानीमा जारी पार्टीको राजनीतिक समितिको बैठकमा हिजो संसदीय दलको विधान प्रस्तुत गरिएको थियो ।
हिजो प्रस्तुत गरिएको विधान आज पास भएमा आज नै संसदीय दलको नेताका लागि निर्वाचन तय हुने राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए।

