शुक्रबार, चैत १६, २०८०

संसदको बैठक बस्दै, सनुवाई समिति बन्ने

काठमाडौ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आज दिउँसो बस्ने बैठकमा विभिन्न विधेयकहरु टेबल हुनेछन् ।
आजै संसदीय सुनुवाई समिति गठनका विषयमा पनि छलफल हुनेछ । आजको संसद् बैठकबाट समितिमा रहने सदस्यको नाम सार्वजनिक गर्ने तयारी छ ।
सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका ३ सदस्य रहनेछन् । समितिमा रहने सदस्यबारे राजपाले मात्र टुंगो लगाउन बाँकी रहेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए।
नाम दिन सबै दललाई आह्वान गरिसकिएको छ ।सुनुवाई समितिमा नेकपाका ७ जना, कांग्रेसका ३, फोरमका १ र राजपाका १ जना रहनेछन् ।
सुनुवाई समिति नबन्दा प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र विभिन्न मुलुकका राजदुत नियुक्त हुन सकेका छैनन् ।संसदको विषयगत समिति एक साताभित्र बनिसक्ने सभामुख महराले जानकारी गराइसकेका छन् ।