चितवन । नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा आज बिहान फेरि ठुलो पहिरो गएको छ ।
पहिरो गएपछि दर्जनौ गाडीहरु रोकिएका छन् । यात्रुहरु बाटोमा नै अलपत्र छन् । विरामी बोकेका एम्बुलेन्स समेत बाटोमा नै फसेका छन् ।
बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने प्रहरीले जनाएको छ ।
एकतर्फी खुलाउन पनि अझै तीन चार घण्टा लाग्ने देखिएको मुग्लिङ पहरीले जानकारी दिएको छ । पहिरोका कारण सोमबार दिनभर बाटो अवरुद्ध थियो ।
हिजो पनि राम्रोसँग गाडी चल्न सकेको थिएन । राजधानी काठमाडौंको लाइफ लाइन यो सडक वर्षासँगै पहिरा आउँदा पटक पटक बन्द हुने गरेको छ । पहाड काटेको ठाउँमा पहिरो गएर सडक बन्द हुने गरेको हो ।

