आइतबार, बैशाख २०, २०८३

देशभरमा २२ प्रतिशत रोपाई, मनाङं र मुस्ताङमा सुरु हुन सकेन

काठमाडौ । देशभरमा २२ प्रतिशत रोपाई सम्पन्न भएको छ । देशभरमा २२ दशमलव ७ प्रतिशत रोपाई सकिएको कृषि प्रसार निर्देशनालयको तथ्यांकले देखाएको हो ।
देशभरमा २२ प्रतिशत रोपाइ सकिदाँ जुम्ला र डोल्पामा भने शतप्रतिशत रोपाई सकिएको छ । यस्तै सबैभन्दा बढी सोलुखुम्बु जिल्लामा बढी ५९ प्रतिशत रोपाई सम्पन्न भएको हो ।
सबै भन्दा कम भने सप्तरी जिल्लामा १ दशमलब ५ प्रतिशत रोपाइ मात्र सकिएको छ । अहिलेसम्मको तथ्यांक अनुसार उच्च पहाडी भेगमा ३८ दशमलव २१ प्रतिशत, मध्य पहाडमा २९ दशमलव ०९ प्रतिशत र तराईमा १८ दशमलव ६५ प्रतिशत रोपाई सकिएको छ ।
नेपालमा रहेको १५ लाख ४५ हजार ४ सय ७९ हेक्टर मध्ये अहिलेसम्म ३ लाख ४२ हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई सकिएको हो । अहिलेसम्म रोपाईको अवस्था हेर्दा सन्तोसजनक भएको बालिविकास निर्देशनालयका बरिष्ठ बालिविकास अधिकृत प्रकाश आचार्यले बताए ।
मनाङ र मुस्ताङमा भने अहिलेसम्म रोपाई सुरु हुन नसकेको बालिविकास निर्देशनालयले जनाएको छ ।