शुक्रबार, बैशाख १४, २०८१

कांग्रेसमा विवाद मिलाउँदै सभापति देउवा

काठमाडौ । नेपाली कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारीको बैठकले पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने सहमति गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलाकण्ठ भएको छलफलमा देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच मिलेर जाने सहमति भएको छ । बैठकमा कांग्रेसको आन्तरिक विवाद समाधानका लागि एक भएर जाने र छिट्टै औपचारिक बैठक बोलाउने सहमति गरेको पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र डा. रामशरण महत, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कतिपय अवस्थामा पानी बाराबारकै स्थिति आएको थियो ।