आइतबार, बैशाख २०, २०८३

डोटीमा करेन्ट लागेर ४ जनाको मृत्यु १ जना गम्भिर घाइते

डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाँझकाकनीमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
विद्युतको पोल गाड्ने क्रममा जयबहादुर खड्का, लोकेन्द्र खड्का, वीरेन्द्र खड्का, र दिपेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए।
गम्भिर घाइते भएका सुरेश खड्काको दिपायलको शैलेश्वरी अस्पतालमा उपचार भैरहेको छ ।