मलेसिया । एउटा ठूलो भ्रष्टाचार काण्डमा पक्राउ परेका मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाकलाई आज अभियोग लगाइँदैछ ।
आज औपचारिक रूपमै अभियोग लगाइने बीबीसीले उल्लेख गरेको छ । लामो समयदेखि भ्रष्टाचारको आरोप खेप्दै आएका रजाकलाई राज्य विकास कोष संलग्न भएको र कोषबाट ७० करोड अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप छ ।
उनले नै स्थापना गरेको सो कोषमा करोडौँ डलरको हिसाव किताव देखिएको छैन । गत मे महिनामा भएको निर्वाचनमा पराजय भोगेपछि उनीमाथि अनुसन्धान थालिएको थियो । रजाकलाई हिजो उनकै निवासबाट पक्राउ गरिएको थियो ।

