आइतबार, बैशाख २०, २०८३

इंग्ल्यान्ड विश्व कपको क्वाटरफाइनलमा, टाइब्रेकरमा कोलम्बिया बाहिरियो

मस्को । विश्वकपमा अन्तिम ८ मा प्रतिस्पर्धा गर्ने टोलीको टुंगो लागेको छ ।
३२ देश भिँडेको प्रतियोगितामा अब ८ टोली, त्यसपछि ४ र २ टोलीमा विजयी हुनेले उपाधि उचाल्नेछ ।इंग्ल्याण्ड, स्वीडेन, कोस्टारिका, रुस, उरुग्वे, फ्रान्स, ब्राजिल र बेल्जियम क्वाटरफाइनलमा स्थान पक्का गर्ने टोली हुन् । अहिलेसम्म अरुलाई पराजित गर्दै आएका यी टोलीमध्ये पनि चार टोली क्वाटरफाइनलबाट घर फर्किनेछन् ।
असार २२ गते राति पौने ८ बजे उरुग्वे र फ्रान्समध्ये एक टोली सेमिफाइनलमा जाने छ भने एउटा घर फर्किने छ ।सार २२ गते नै राति पौने १२ बजे ब्राजिल र बेल्जियममध्ये एउटा टोली घर फर्किनेछ ।ब क्वाटर फाइनलका खेलहरु शुक्रबार र शनिबार हुनेछन् ।
शुक्रबार हुने पहिलो क्वाटर फाइनल खेलमा उरुग्वे र फ्रान्स राति ७ः४५ मा तथा ब्राजिल र बेल्जियम राति ११ः ४५ मा प्रतिस्पर्धा गर्नेछन् भने शनिबार हुने दोस्रो क्वाटर फाइनल खेलमा स्विडेन र इंगल्याण्ड राति ७ ः५४५ मा तथा आयोजक रुस र क्रोएसिया राति ११ः ४५ मा प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकप अन्तिम १६ को सातौं खेलमा इंग्ल्यान्ड विश्व कपको क्वार्टरफाइनलमा पुगेको छ भने टाइब्रेकरमा कोलम्बिया बाहिरिएको छ । गएरातीको खेलमास्विडेनले स्विट्जरल्यान्डलाई १–० ले हराएको छ ।
स्वीडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गर्नूृभएको हो । पहिलो हाफमा स्विट्जरल्यान्डले अधिकांश पोजेसन राखे पनि दुवै टोली गोल गर्न असफल रहका थिए । हिजो नै भएको खेलमा इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुगेको छ । कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
विश्व कप इतिहासमा इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा विजयी भएको यो पहिलो पटक हो । त्यसअघि इंग्ल्यान्ड र कोलम्बियाबीचको निर्धारित ९० र थप ३० मिनेटको खेलमा १–१ को बराबरीमा टुंगिएको थियो ।पेनाल्टी सुटआउटमा सुरुका २–२ पेनाल्टीमा दुवै टोलीले गोल गरेका थिए ।