आइतबार, बैशाख २०, २०८३

बाढीको खतरा बढेपछि सतर्क रहन बाढी पूर्वानुमान शाखाको आग्रह

काठमाडौ । बाढी पूर्वानुमान शाखाले चुरे र महाभारतबाट बहने नदी आसपास रहने बासिन्दाले आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज देशका विभिन्न स्थानमा भारी वर्ष हुने सम्भावना रहेकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन भनेको हो ।

आज गोरखा, धादिङ, लम्जुङको, कास्कीको केही स्थानमा भारी बर्षाको संभावना भएकाले पहाडका साना नदीमा एक्कसी बाढी आउन सक्ने शाखाले जनाएको छ ।

यस्तै आज र भोलि बागमती र नारायणी नदी तटिय क्षेत्रमा विशेष सतर्क रहन पनि शाखाले आग्रह गरेको छ ।