मकवानपुर,५ असार । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला मंगलबारबाट हेटौंडामा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने भेलाको उदघाटन पार्टी सभापति शेरबहादुर देउवाले पल्पसा सभा हलमा गर्नेछन् ।
पार्टीको विधान संशोधन, आगामी महाधिवेशन, संगठन निर्माण र वर्तमान राजनीतिक विषयमा भेलामा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बुधबारबाट बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा जिल्ला सभापतिहरुले समसामयीक विषयमा धारणा राख्दै आफ्नो जिल्लाको रिपोर्टिङ पनि गर्नेछन् । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नराम्रो पराजय भोगेपछि कांग्रेसमा आन्तरिक कलह चुलिएको छ । देउवा समूहविरुद्ध पौडेल र सिटौलापक्ष एकजुट भएका छन् । उनीहरु जिल्ला सभापति भेलामा पनि एकजुट भएर प्रस्तुत हुने तयारीमा छन् ।
तर, नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँले भने यो भेलाबाट गुटउपगुट नभइ एकताको सन्देश दिने बताउँछन् ।

