शनिबार, बैशाख ०८, २०८१

असार भर लाइसेन्सको आवेदन नलिन यातयात विभागको परिपत्र

काठमाडौं,२८ जेठ । सरकारले असार महिनाभर सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन नलिने भएको छ । यातायात व्यवस्था विभागले आफू मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै असार १ देखि कुनै पनि फारम नलिन भनेको छ ।

अहिले अनलाइनमार्फत नै लाइसेन्सको आवेदन भर्ने व्यवस्था गरिएको छ ।

विभागले काठमाडौंसहित सबै अञ्चलहरुमा कार्यालयहरुलाई असारका लागि अनलाइन फारम नलिन निर्देशन दिएको हो । अनलाइन फारम भरेकाहरुको ट्रायल तथा रिट्रायल असारभित्र सक्नुपर्ने भएकाले यस्तो निर्देशन दिइएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

असारसम्म राजस्व हिसाव मिलान गर्नुपर्ने कारण देखाएर ट्रायल रोक्न लागिएको हो । सेवाग्राहीको संख्या धेरै भएकाले असार महिनाका लागि आवदेशन भरेकाहरुको पनि परीक्षा रद्द गर्ने तयारी छ ।

साउन १ गतेबाट फेरि नयाँ आवेदन खोल्ने विभागको योजना छ ।

परिपत्र

२०७५ जेठ २७ गते १८:५५ मा प्रकाशित