काठमाडौं,२६ जेठ । धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १०, जोगीमाराबाट त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् ।
भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना ५ ख ३४१५ नं को ट्रक शुक्रबार राति सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए । नदीमा परेर सिन्धुपाल्चोक, बाह्रबीसेका ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठ र सहचालक १९ वर्षीय तुलसी दुलाल हराइरहेका छन् ।
नदीमा ट्रकसमेत डुबेको अवस्था छ । सो दुर्घटनामा घाइते भएका एक जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी भइरहे प्रहरीले जनाएको छ

